नेकपा सत्यवती गाउँपालिका वडा नं. १ को प्रथम सम्मेलन, सेक्रेटरीमा बिष्णु निर्वाचित

सोमबार, साउन २९, २०७९ मा प्रकाशित

नेकपा सत्यवती गाउँपालिका वडा नं. १ को प्रथम सम्मेलन, सेक्रेटरीमा बिष्णु निर्वाचित

साउन २८ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीको जिल्ला सम्मेलन र ९ औं महाधिवेशन नजिकिदै गइरहेको बेला सत्यवती गाउँपालिका वडा
नं. १ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कमरेड विष्णुुको नेतृत्वमा २१ सदस्यीय वडा नं. कमिटी निर्वाचित गरेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी सुमनले देउवा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले ३ बुँदे सहमति उलंघन गरेर
नेकपामाथि दमन गर्न खोजिरहेको बताएका छन् ।

 

उनले दलाल राज्यसत्ताको दमनले क्रान्ति नरोकिने र पार्टी नझुक्ने बताउदै यसका विरुद्ध शसक्त प्रतिरोध गरिने बताए । उनले भने, ‘दलाल राज्यसत्ताको दमनविरुद्ध झुकिदैन, बरु बलिदान गरिन्छ’ उनले देउवा सरकारले अघोषित रुपमा ३ बुँदे सहमति भंग गरेर अशान्ति मच्चाउन खोजेको बताए । अर्को प्रशंगमा सेक्रेटरी सुमनले स्थानीय निकाय भ्रष्ट दलालहरुको अखडा भएको भन्दै यसले जनतामाथि भएको ज्यादती र सामाजिक अपराधको संरक्षण गरिरहेको बताए ।

उनले अत्यधिक महंगी थोपरेर श्रमिक जनताको ढाड सेकिरहेको बताउदै नवसामन्तको रुपमा विस्तार भएको जनविरोधी लघुवित्त संस्थाहरुको
ज्यादती र आतंक नरोकिए कारवाही गरिने समेत बताए ।सम्मेलनमा नेकपा सत्यवती गाउँपालिका इन्चार्ज पुरुषोत्तमले दलाल
संसदीय व्यवस्थाका कारण जनताको जीवन कष्टकर भएको भन्दै यसका विरुद्ध संघर्षको विकल्प नभएको बताए । उनले महंगी भ्रष्टाचार र सामाजिक अपराध अत्यधिक बढेको बताउदै यसका विरुद्ध पार्टीले दृढतापूर्वक संघर्ष गर्ने
बताए ।

सम्मेलनमा मगर मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य रुद्र श्रीस मगरले श्रमिक जनताको मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको भन्दै त्यसका लागी एकीकृत जनक्रान्ति जरुरी रहेको बताए । युवा संगठन नेपाल सत्यवती गाउँपालिकाका अध्यक्ष गम्मर मगरले दलाल पुँजीवादका विरुद्ध नलडी जनताको जीवन नबदलिने बताउदै त्यसका लागि युवाहरु बलिदान दिन
तयार रहेको बताए ।

सम्मेलनमा वडा नं. १ को चौर, रुद्रबेणी, देउराली, अस्लेवालगायत विभिन्न स्थानहरुबाट जनताको सहभागिता रहेको थियो । सम्मेलनमा सहिद परिवार, युवा तथा बुद्धिजीवी एवं सामाजिक अगुवाहरुको समेत सहभागिता रहेको थियो ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो