नेपाल वायुसेवा निगमले शुक्रवार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने

बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

नेपाल वायुसेवा निगमले शुक्रवार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने

– गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो।

रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको र अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकता अनुसार परीक्षण उडान गर्न लागेको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए।

‘यसअघी उडान परीक्षण भइसकेको छ’, मेयर पन्थीले भने ‘नियमित उडानका लागी प्रक्रिया अघी बढेको छ, यो गुल्मेली जनताको लागी खुसीको कुरा हो।’

परीक्षण उडानपछि निगमले स्थानीय पालिकासँग मिलेर हप्तामा कम्तीमा एक व्यावसायिक उडान गर्नेछ। परीक्षण उडानका लागि काठमाडौंबाट बिहान ६:३० बजे गुल्मी आउने तालिका रहेको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो