धुर्काेटमा ट्याक्टरबाट लडेर एककाे मृत्यु

शुक्रबार, माघ २६, २०७९ मा प्रकाशित

धुर्काेटमा ट्याक्टरबाट लडेर एककाे मृत्यु

२७ माघ गुल्मी ।

शुक्रबार दिउँसो गुल्मीमा ट्याक्टरले किचेर एक युवकको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको हो ।

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले जानकारी दिए । मृतक अर्को ट्याक्टरका सहचालक थिए

उनलाई किच्ने ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मृतकको शव पोष्मार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो