काठमाडौँको ल्होत्से मलमा ८-१० करोडको लुटपाट भएको दाबि

मङ्गलबार, फागुन ०१, २०७९ मा प्रकाशित

काठमाडौँको ल्होत्से मलमा ८-१० करोडको लुटपाट भएको दाबि

काठमाडौं । काठमाडौँको ल्होत्से मल क्षेत्रमा हिजो आन्दोलनका क्रममा ८ देखि १० करोडको लुटपाट भएको व्यवसायीले दाबी गरेका छन् ।
सोमबार साँझ आन्दोलनरत यातायात मजदुर ल्होत्से मलमा पसेर मोबाइल पसलहरु फोडेका थिए । त्यसक्रममा ३ मोबाइल पसलमा लुटपाट भएका भिडियोहरु सामाजिक सञ्जाल भरी भाइरल भएको देख्न सकिन्छ ।

भिडियोमा आन्दोलनकारीहरुले ल्होत्से मलको एउटा मोबाइल पसलमा सिसा फुटाएर प्रवेश गरेको र मोबाइललगायत पार्टपुर्जा लुट्दै गरेको देख्न सकिन्छ । घटनामा नियन्त्रणमा लिइसकेको एक आन्दोलनकारीलाई गार्डलगायतले पिट्दै गरेको पनि भिडियोमा देख्न सकिन्छ ।

अर्को एक भिडियोमा आन्दोलनकारीको जत्थाले सटर नै खोलेर मोबाइल पसलमा रहेका मोबाइललगायत पार्टपुर्जा लुट्दै गरेको देख्न सकिन्छ । मोबाइलको स्टोर, सर्भिस सेन्टर र पसलबाट विभिन्न मोडलका मोबाइल तथा पार्टपूर्जा लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो