जिल्लाको रेसुङ्गा नगरपालिका- ७ का ६४ वर्षका छविलाल सुनार मुसिकोट नगरपालिका- ५ झक्कले भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले बताए ।
सुनार चैत २२ गते घरबाट चन्द्रकोट गाउँपालिका- ८ झुर्मकर्मदिपस्थित आफ्नी दिदीको घरमा पूजामा हिडेका थिए ।
झक्कले स्थित आँपको रुख मुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको
श्रेष्ठले बताए ।







