जन्मदिनको अवसरमा फजुल खर्च कटायर पुर्व विधालयमा खेलकुद सामाग्रि हस्तान्तरण

शुक्रबार, जेठ ११, २०८० मा प्रकाशित

जन्मदिनको अवसरमा फजुल  खर्च कटायर पुर्व विधालयमा खेलकुद सामाग्रि हस्तान्तरण

पछिल्लो समय जन्मदिन क्याफे तथा बारमा गएर मनाउने प्रचलन बढिरहेको छ तर कतिपय व्यक्तिहरू नवित्तम साेचका साथ आफ्नो जन्मदिन मनाईरहेका हुन्छन ।बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विधार्थी किरण महतरा क्षेत्री ले आफ्नो जन्मदिनमा हुने फजुल खर्च कटायर विधालयमा खेलकुद सामाग्री हस्तान्तरण गरेका छन ।बिहीबार उनले आफू अध्ययन गरेकाे झिमरूक गाँउपालिका वडा नम्बर ०२ प्युठान मा रहेकाे श्री सर्बाेदय माध्यमिक विद्यालयमा खेलकुद सामाग्री साथै स्वास्थ्य तर्फ आबस्यक आकस्मिक औषधि सहित प्राथमिक उपचार बाकस हस्तान्तरण गरेका हुन ।

वि. स २०५७ साल जेष्ठ ११ गते प्युठान जिल्लाकाे झिमरूक गाँउपालिका वडा नम्बर -०३मा जन्मिएका किरण सानै उमेर देखि नै समाजसेवी भावनाले अाेतप्राेत थिए ।
पढाइमा अब्बल उनि पढाइ सँगसँगै समाजसेवा लाई पनि प्राथमिकतामा राख्थे हुनि बिरूवाकाे चिल्लो पात भनेजस्तै किरणमा सानै उमेरदेखि न‌ै समाजसेवि भावना थियो ।
हाल उनी नेपाल सरकार राष्ट्रिय भुमि आयाेग अन्तर्गत , रूपन्देही जिल्लामा कार्यरत छन ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो