गुल्मीमा बुबाले काटिदिए छोराको नाक  

आइतबार, जेठ १३, २०८० मा प्रकाशित

गुल्मीमा  बुबाले काटिदिए छोराको नाक  

गुल्मीको इस्मामा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।

घरायसी विवादको कारण झै-झगडा हुँदा हसिया प्रहार गरेर उनले छोराको नाक काटीदिएका छन् । छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नबिनकिशोर प्रधानले जानकारी दिए ।
हसिया प्रहारबाट गम्भीर घाईते भएका उनको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रधानले बताए । घटनामा संलग्न दिल बहादुर हसिया सहित प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो