तामनगर सडकमा दुर्घटना गुल्मीका दुई युवककाे मृत्युु

शनिबार, जेठ १९, २०८० मा प्रकाशित

तामनगर सडकमा दुर्घटना गुल्मीका दुई युवककाे मृत्युु

बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो

तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक भएको दुर्घटनामा परि गुल्मी मालिका गाउँपालिका  अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो