अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गयाे ।

शनिबार, असार ०१, २०८० मा प्रकाशित

अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गयाे ।

अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ ।

लगातारको लु तथा अत्याधिक गर्मी भएपछि एकजनाको मृत्यु भएको हो ।

 

बुटवलको कालिकानगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ । ‘हिट स्ट्रोक’का कारण एकजनाको मृत्यु भएको चौराहा अस्पतालले पुष्टी गरेपनि अर्को व्यक्तिको पुष्टी भएको छैन ।

ओखलढुंगा घर भएका ६० वर्षका खिम बहादुर मगरको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी बुटवलमा ज्याला मजदुरी गर्ने ब्यक्ति भएको बताइएको छ ।
मानिसको ब्रेनमा गर्मी सहने एक ग्रन्थी रहने र बढी गर्मी भएपनि सो ग्रन्थीले काम गर्न छाड्दा ‘हिट स्ट्रोक’ हुन सक्ने र ग्रन्थीले काम नगर्दा जति गर्मी भएपनि पसिना नआउने, शरिर सुख्खा हुने, अत्याधिक ज्वरो आउने र मानिसको मृत्यु हुने डाक्टरले बताउछन ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो