गुल्मीदरवारको रोपाई (फोटोफिचर)

शुक्रबार, असार १४, २०८० मा प्रकाशित

गुल्मीदरवारको रोपाई (फोटोफिचर)

त्यस पालिकाले रोपार्इ महोत्सवलाई बाजा महोत्सवका रुपमा मनाएको छ । असारे गित लोप हुँदै गैरहेको अवस्थामा रोपाइैलाई मनोरञ्जनमय बनाउने उद्देश्य अनुरुप उसले स्थानिय बाजालाइ प्रोत्साहित गरेको हो । रोपाइँ महोत्सवमा त्यसपालोका उपप्रमुख तारा ढेगा सहित केही महिलाहरुले जीवन मै पहिलो पटक धान रोपाइको मजा लिएको बताउदै थिए ।

गाउँपालिका प्रमुख सरोज थापाले आफ्ना प्रशिद्ध फाटहरु बताउदै कृषीमा क्रान्ती ल्याउने उद्देश्य रहेको धारणा राखे । बाजा तालमा पुरुष भन्दा बढी उत्साह पुर्वक नाचिरहेका थिए । साझसम्म खेतबाट निस्केर पनि नाचिरहेका थिए । जिल्लाका १२ वटा स्थानीय तह मध्ये जिल्लाको तालुकदार निकायलार्इ समेत निम्ताएर गुल्मी दरबारले भब्य रुपमा मनायो । रोपाइ महोत्सवमा पुगेका कृष ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले पछिल्लो तीन वर्ष यता धान फल्ने खेतमा कमि आएको र हाल सम्म ९ प्रतिशत मात्रै रोपाइ भएको जानकारी दिए ।

खर्ज्याङ यता गुल्मिदरबारका थुप्रै फाटहरु स्थानिय तह गठन अघि सिचाइको अभावमा बाझिएका थिए । गुल्मिदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गीय अशोक कुमार थापाले सिचाँइ योजनाहरु पार्दै गए पछि खेतिहरु बढेको पाइएको छ । उनको मृत्यु पछि गत स्थानिय तहको निर्वाच्स्नमा उहाँ कै छोरा बिजयी भए यता बाबुका अधुरा सपनाहरु पूरा गर्ने गरि काम गरेको स्थानीयको भनाइ छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो