आधारभूत स्काउट तालिम सम्पन्न

सोमबार, असार १७, २०८० मा प्रकाशित

आधारभूत स्काउट तालिम सम्पन्न

रुपन्देही। स्थानीय स्काउट देवदहको आयोजनामा असार १२ गते देखी सुरु भएको एकहप्ते स्काउट तालिम सम्पन्न भएको छ। तालिममा सामुदायिक तथा निजि विद्यालयका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्काउट तालिमले विद्यार्थीलाई अनुशासनमा कायम राख्न उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।प्रमुख अतिथि समेत रहेका खरेलले तालिम पश्चात् अनुशासित र मर्यादित समाज निर्माणका लागि सकारात्मक भूमिका रहने उल्लेख गरेका थिए ।

नगर प्रमुख खरेलले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताए । सोही कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ र नगर शिक्षा अधिकारी टिकाराम शर्मालाई नेपाल स्काउटको विधान अनुरुप दीक्षित समेत गरिएको थियो।

नेपाल स्काउटका लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराई, कोर्ष लिडर दावा शेर्पा लगायतले आ-आफ्नो भनाई राखेका थिए । उक्त तालिममा कोर्ष लिडरका रुपमा कोर्ष लिडर दावा शेर्पा र काउन्सिलरहरु छबिलाल कंडेल, बिक्की डुम्रे, पुकार ढकाल रहेका थिए । समापन कार्यक्रम स्थानीय स्काउट देवदह नगरपालिकाको संयोजक विकास गहतराजकाे अध्यक्षता र राहुल देव सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो