गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

मङ्गलबार, साउन २९, २०८० मा प्रकाशित

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मी – अरिङ्गालले टाेक्दा गुल्मीमा २१ वर्षीय युवाको मृत्यु भएको छ । जिल्लाको मुसिकाेट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका शैलेस सिंह ठकुरीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार, साेमबार साँझ ६ बजेको समयमा उनी साथीहरूसँग मुसिकाेट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जंगलमा अरिङ्गाल पाेल्न गएका थिए । बुबा भगवान सिंह ठकुरीका अनुसार अरिङ्गालले टाेक्दा घाइते शैलेस राति घरमा आएर सुतेको र मंगलबार बिहान उपचारको लागि गुल्मीको सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याइएको  थियो ।

उनलाई बिहान साढे ८ बजे गुल्मी अस्पतालले मृत घाेषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो