गुल्मीबाट बुटबल जाँदै गरेको स्कार्पियो पाल्पामा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु

बुधबार, भदौ १२, २०८० मा प्रकाशित

गुल्मीबाट बुटबल जाँदै गरेको स्कार्पियो पाल्पामा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु

पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिका-२, देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरो खसेर स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ।

मृतकको सनाखत हुन सकेको छैन । त्यस्तै पहिरोमा पुरिएर ५ जना घाईते भएको घटनास्थ्लबाट रिब्दिकोट गाउँपालिका वडा नं १ का वडाध्यक्ष ओम प्रसाद पोखरेलले जानकारि   दिनुभयो।

बुधबार बिहान खसेको सुख्खा पहिरोमा स्कार्पियो पुरिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको छ।

यहाँ सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको छ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो