पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो ढुङ्गा खसेर मृत्यु हुने ३ जनाको पहिचान खुल्यो

बुधबार, भदौ १२, २०८० मा प्रकाशित

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो ढुङ्गा खसेर मृत्यु हुने ३ जनाको पहिचान खुल्यो

गुल्मी – पाल्पामा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा घटनास्थलमै मृत्यु हुने ३ जनाको सनाखत भएको छ ।दुर्घटनामा परेर घटनास्थलमै मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नंं ७  की ५० बर्षिया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत  तानसेन पाल्पाका प्रहरी सहायक हवलदार अन्दाजी बर्ष ३२ का यम बहादुर गोदार र पोखरा महानगरपालिका वडा नंं २५ का विनोद तिम्सीना रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

बिहान गुल्मीको सदरमुकाम तम्घासबाट बुटवलको लागि छुटेको लु १ ज ४१ ०० नम्बरको स्कार्पियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा गुडिरहेको सवारीमा ढुङ्गा खसेको थियो । घाइते ८ जनालाई मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो