सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

सोमबार, पुष १५, २०८० मा प्रकाशित

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

बुटवल। सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो।यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ।

यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ

सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

एम्बुलेन्स लगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइने छैन । सुरुङ निर्माण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निर्माणका क्रममा यातायात सञ्चालन हुँदा जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो