गुल्मीको मुसिकोटमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

मङ्गलबार, साउन २१, २०८१ मा प्रकाशित

गुल्मीको मुसिकोटमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ बिसौनामा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ ।

स्थानीय बिष्णु बि.क र हुकुम बि.कको घरमा माथिबाट आएको लेदो सहितको पहिरोले घर पुरिँदा ४ जनाको घटनास्थलमै ज्यान गएको पत्रकार माधव खरेलले जानकारी दिनुभयो । पहिरोमा परी २ जना घाईते भएका छन् ।

अहिले घटनास्थलमा उद्धारको काम जारी छ । घाईते २ जनालाई उद्धार गरी उपचारका लागि लगिँदै गरेको बताईएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो