क्रिकेट खेलाडी अर्जुन कुमाल छत्रकोट गाउँपालिकामा सम्मानित !

मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

क्रिकेट खेलाडी अर्जुन कुमाल   छत्रकोट गाउँपालिकामा  सम्मानित !

चैत ६ गुल्मी ।
१९ वर्ष मुनीक नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाल गृह जिल्ला गुल्मीमा नगद सहित सम्मानित भएका छन् ।
उनलाई आइतबार छत्रकोट गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।  क्रिकेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको र आगामी दिनमा खेल प्रती थप हौसला बढोस भनेर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए ।

स्थानीय सरकारले अभिभावकको भुमिका निर्वाह गर्दै खेलको सम्मान र खेलाडीको प्रोत्साहनको लागि सम्मान गरेको अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

साथै छत्रकोट गाउँपालिकाले पनि खेल र खेलाडीको उत्पादन तथा प्रबर्द्धनको लागि विभिन्न किसिमका प्रतियोगिताको आयोजना गर्दै आएको उल्लेख गरे ।

छत्रकोट गाउँपालिका ५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू-१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । साथै उनले कुबेत विरुद्ध सतक समेत प्रहार गरेका थिए ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो