यात्रुबाहक बसको ठक्करबाट दाङमा बालकको मृत्यु

सोमबार, पुष १६, २०८० मा प्रकाशित

यात्रुबाहक बसको ठक्करबाट दाङमा बालकको मृत्यु

दाङ, १६ पुस ।घोराही–तुलसीपुर सडक खण्डमा यात्रुबाहक बसले विद्यालयबाट फर्किरहेको बालकलाई ठक्कर दिँदा मृत्यु भएको छ ।तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे १ ख ३६९७ नम्बरको बसले सोमबार दिउँसो करिव ४ वजेको समयमा तुलसीपुर उपमहानगरपालिका –१७ दुधरासमा बालकलाई ठक्कर दिएको हो । तुलसीपुर उपमहानगरपालिका –१७ बघौसी निवासी रामप्रसाद चौधरीका ८ वर्षका छोरा उत्तम चौधरीलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए । ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजीकार्य भैरहेको उनले जानकारी दिए । घटना पश्चात स्थानीयले सो सडक अबरुद्ध गरेका छन् ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो