लामो समय देखि बन्द रहेको तम्घासको हाटबजार सञ्चालन

आइतबार, कार्तिक १९, २०७९ मा प्रकाशित

लामो समय देखि बन्द रहेको तम्घासको हाटबजार सञ्चालन

कात्तिक १९ गुल्मी ।
गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ काे चारिखाेलामा लामो समय देखि बन्द रहेको हाटबजार आज देखि सञ्चालन भएको छ ।बैशाख देखि बन्द रहेको हाटबजार आजा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सञ्चालन भएको जानकारी दिएका छन् ।

निजि क्षेत्रसँगकाे समन्वयमा हाटबजार सञ्चालन भएको हाे ।लामो समय देखि हाटबजार बन्द रहदा नगरपालिकाका र अन्य स्थानीय तहका कृषकले तरकारीहरु बारिमानै कुहाउन बाध्य थिए ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले हाटबजार सञ्चालन भए संगै कृषकलाई निर्धक्क भएर कृषि उपाज उत्पादन गर्न आग्रह गरेका छन् । उनले अब निजि क्षेत्र संग समन्वय गरेका कारण अब बन्द नहुने उनले बताए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो