देवदह । देवदह-५ स्थित एक घरमा ढुंगा प्रहार भएको छ ।
एकताटोलमा रहेको बिष्णु माया काफ्लेको घरमा शनिबार राती ११ बजे मोटरसाइकलमा आएको अज्ञात समूहले ढुङ्गा प्रहार गरेको विष्णुमायाका छोरा सागर काफ्लेले बताए ।
काफ्लेका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले ढुङ्गा प्रहार गरेको थियो । ढुंगा प्रहारबाट घरको भित्तो फुटेको छ । घटनाबारे बुझ्न पुगेका सेतोमसीकर्मीसंग कुरा गर्दै विष्णु माया काफ्लेले राती मध्यरातमा ११ बजेतिर मोटरसाइकलमा आएका २ जना युवाले एक्कासी घरमा ढुंगा प्रहार गरेको बताइन् । उनले भनिन्, ‘प्रहरीलाई जानकारी गराएका छौँ । जसले यस्तो गरेको भएपनि कानुन अनुसार कार्वाही होस् ।’
उक्त घटनालाई निर्वाचन केन्द्रित राजनीतिको रूपमा समेत लिईएको छ । लामो समय नेकपा एमालेमा कृयाशिल सागर काफ्ले हाल एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निकट छ्न् । चापागाईं निकट स्रोतले एमालेको समूहले आक्रमण गरेको दावी गरेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको देवदह प्रहरी चौकीले जनाएको छ ।







