इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि

आइतबार, कार्तिक २६, २०७९ मा प्रकाशित

इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि

इङ्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वपकको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वपकको उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

इङ्ल्यान्डले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्डका लागि वेन स्टोक्सले अर्धशतकीय पारी खेल । उनले ५२ रनको योगदान गरे । त्यस्तै जोस बट्लरले २६ रन बनाउँदा मोहिन अली रत तथा हेरी ब्रोकले २० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे । इङ्ल्यान्डका लगि श्याम करनले तीन विकेट लिए । त्यस्तै आदिल राशिद र क्रिस जोर्डानले दुई–दुई विकेट लिए । त्यस्तै वेन स्टोकले एक विकेट लिए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो