‘म सिटीसँग आबद्ध हुने नजिक पुगेको थिएँ’

बिहिबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

‘म सिटीसँग आबद्ध हुने नजिक पुगेको थिएँ’

म्यानचेस्टर युनाइटेडसँगको पुनर्मिलन अघि आफू म्यानचेस्टर सिटीसँग आबद्ध हुने नजिक पुगेको क्रिस्टियानो रोनाल्डोले खुलासा गरेका छन् । पोर्चुगिज फरवार्ड यतिबेला ‘टक टिभी’सँग गरेको अन्तरवार्ताका कारण चर्चामा छन् । उक्त अन्तरवार्ताको पहिलो भाग बुधबार प्रसारण गरिएको थियो, जसमा उनले ओल्ड ट्राफोर्डमा भएका घटनाहरूको विस्तृत विवरण दिएका छन् ।

‘साँच्चै भन्नु पर्दा म निकै नजिक थिएँ,’ सिटीसँगको अनुबन्धबारे खुलाउँदै उनले भने । रोनाल्डो क्लब छाडेको ११ वर्षपछि अगस्त २०२१ मा युभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्किएका थिए । त्यतिबेला सिटीका म्यानेजर पेप ग्वार्डिओलाले रोनाल्डोलाई अनुबन्ध गर्ने प्रयास गरेका थिए । तर, पूर्व म्यानेजर सर एलेक्स फर्गुसनसँगको कुराकानीपछि आफूले सिटी छाडेर युनाइटेड आउने निर्णय गरेको रोनाल्डोले खुलाए ।

३७ वर्षीय खेलाडीले थपे, ‘तपाईंलाई थाहा छ म्यानचेस्टर युनाइटेडसँगको मेरो इतिहास, मेरो हृदय, तपाईंले अनुभव गरेको कुराले फरक पार्दछ, अनि पक्कै पनि सर एलेक्स फर्गुसन । मैले उहाँसँग कुरा गरेँ । उहाँले भन्नुभयो, ‘तिमी म्यानचेस्टर सिटी आउने कुरा असम्भव छ ।’ अनि भने ‘ओके बोस १’’

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो