बागमती प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बस्ने तयारी

बुधबार, पुष ०५, २०७९ मा प्रकाशित

बागमती प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बस्ने तयारी

पुस १८ मा प्रदेशसभाको पहिलो बैठक आह्वान गर्ने सरकारको तयारी छ । त्यस विषयलाई सरकारको तर्फबाट सर्वदलीय बैठकमा प्रस्तावको रुपमा पेस गरेर अन्तिम रुप दिइनेछ,’ मन्त्री खनालले रातोपाटीसमक्ष भने, ‘सदन बस्नु पूर्व नै सांसदहरुको शपथ ग्रहण भइसक्नुपर्ने भएकाले सोही अनुसार प्रदेशसभा सचिवालयमा पत्राचार भएको छ ।’

यस्तो छ प्रदेशसभाको पहिलो बैठकका सम्भावित कार्यसूची

सरकारले प्रदेशसभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूची समेत तय गरेको छ । सरकारको तर्फबाट उक्त कार्यसूची प्रदेशसभा सचिवालयमा पठाएर बैठकमा पेस गरिने मन्त्री खनालले बताए ।

उक्त बैठकमा सदनको नियमित क्रियाकलापपछि सरकारको तर्फबाट पेस भएका कार्यसूचीहरु प्रस्तुत गरिने उनले बताए । संसदको पहिलो बैठकमा सचिवालयको नियमित कार्यक्रम अन्तर्गत सांसदहरुको स्वागत, सम्मान, बधाई ज्ञापनको कार्यसूची रहने उनको भनाइ छ । सचिवालयमा प्राप्त चिठ्ठी पत्र सदनमा पेस भएपछि अन्य विषयहरुमा बैठकमा छलफल हुने उनले बताए ।

बैठकमा सरकारको तर्फबाट केही अध्यादेश प्रस्तुत हुने र सोको प्रक्रिया पूरा गरी कानुन निर्माणमा अघि बढ्ने उनको भनाइ छ ।

प्रदेश सरकारले संसद नचलेको अवस्थामा गत भदौ १ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९,  प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गरेको छ । त्यस्तै असोज १२ गते प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश, २०७९, असोज ३० गते प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश, २०७९, प्रदेश कृषि विकास अध्यादेश, २०७९, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो