ज्येष्ठ सदस्य पशुपति शमशेरले लिए शपथ

बुधबार, पुष ०५, २०७९ मा प्रकाशित

ज्येष्ठ सदस्य पशुपति शमशेरले लिए शपथ

राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो