पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बुधबार, पुष ०५, २०७९ मा प्रकाशित

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पाल्पा –

तानसेन–रिडी सडकअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित बाहुन डाँडामा मोटरसाइकल दु’र्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ट्रकसँग ठो’क्किएर मोटरसाइकलमा सवार नरबहादुर गाहाको मृ’त्यु भएको हो । तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु६८प २०५ नम्बरको मोटरसाइकलमा सवार,

३० वर्षीय गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतक गाहा रिब्दीकोट गाउँपालिका–६, ठिमुरेका हुन् ।

मोटरसाइकलको पछाडि बसेका गाहाको घ’टनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक २६ वर्षीय शेरबहादुर गाहाको अवस्था सामान्य रहेको छ । ट्रक चालक र ट्रकलाई प्रहरी नि’यन्त्रणमा लिएको छ ।

यो पनि स् शसस्त्र प्रहरी परिवार महिला संघले दलित बस्तीमा वितरण गर्‍यो न्यानो कपडा

गरिवीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका–११ का कट्टी गाउँका दलीत समुदायलाई राहत वितरण गरिएको छ ।

दलीत समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् । यहाँका १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको उनले बताइन् ।

उक्त कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालको सहभागिता रहेको थियो । राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको समेत सहभागिता थियो । पहिलो पटक जाजरकोटको दलित बस्तीमा राहत वितरण गरिएको यहाँका सर्वसाधारण खुसी भएका छन् ।

गरिवीकै कारण यहाँका केही घरधुरीले घरबार नै छाडेर भारत गइसकेका छन् । साहुको ऋण तिर्न नसकेर उनीहरू भारत गएको स्थानीबासीले बताए ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो