गुल्मी । आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले आज एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणकाअनुसार हप्तामा शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं देखि गुल्मीको रेसुङ्गा उडान गर्नेछ।
उडानका लागि एयरलाइन्सले रेसुङ्गा नगरपालिकासँग सम्झौता गरिसकेको छ। यो रूटको भाडा ६ हजार पाच सय रुपैयाँ पर्नेछ ।
नेपाल एयरलाइन्सले यस अगाडि आफ्नो परिक्षण उडान गरिसकेको छ।







