गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 

मङ्गलबार, बैशाख २५, २०८० मा प्रकाशित

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 

गुल्मी । आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा  नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले आज एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणकाअनुसार हप्तामा शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं देखि गुल्मीको रेसुङ्गा उडान गर्नेछ।

उडानका लागि एयरलाइन्सले रेसुङ्गा नगरपालिकासँग सम्झौता गरिसकेको छ। यो रूटको भाडा ६ हजार पाच सय रुपैयाँ पर्नेछ ।

नेपाल एयरलाइन्सले यस अगाडि आफ्नो परिक्षण उडान गरिसकेको छ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो