शाइन रेसुङ्गा बैंक सिमलटारी शाखा द्वारा इस्माका जनप्रतिनिधिलाई शुभकामना संगै माया चिनो प्रदान

बिहिबार, भदौ ०६, २०८० मा प्रकाशित

शाइन रेसुङ्गा बैंक सिमलटारी शाखा द्वारा इस्माका जनप्रतिनिधिलाई शुभकामना संगै माया चिनो प्रदान
शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ ।
सोमबार इस्मा गाउँपालिकाका अध्यक्ष भवगत खड्का ,उपाध्यक्ष पार्वती कुवर,प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेल सहित ६ वटै वडाका वडा अध्यक्षलाई बधाई सहित सफल कार्यकालको शुभकामना प्रदान संगै मायाको चिनो प्रदान गरिएको बैंकका शाखा प्रबन्धक दिपक पाण्डेले जानकारी दिए ।
शुभकामना तथा बधाई ज्ञापन कार्यक्रमले नवनिर्वाचित जनप्रतिनिधिलाई काम गर्ने हौसला प्रदान हुने र आत्मीयता कायम रहने पाण्डेले उल्लेख गरे । त्यस्तै यता गाउँपालिकाले पनि बैंकले गरेको सम्मान तथा बधाई कार्यक्रम प्रती आभार प्रकट गरेको छ ।
बैंकले गरेको सम्मान र सकारात्मक अपेक्षा प्रती गाउँपालिका सदैब साथमा रहने बताउदै वित्तीय लगानी तथा वित्तीय कारोबारको लागि बैंक सङ सहकार्य गर्ने गाउँपालिकाका अध्यक्ष भगवत खड्काले बताए । त्यस्तै यता शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाकाले यस भन्दा अघि मालिका तथा धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिलाई बधाई संगै सम्मान तथा मायाको चिने प्रदान गरेको थियो ।

 

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो