बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु

बिहिबार, भदौ ०६, २०८० मा प्रकाशित

बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु

बुटवल । दाङमा बाँदर धपाउन गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ ।

बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। बारीमा कमै बाँदरले खाएपछि धपाउन गएका उनको स्थानीय राजी खहरे खोलामा लडेर  पारिवारिक स्रोतलाई उल्लेख गदै प्रहरीले जनाएको छ ।

सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ । पश्चिम दाङमा बाँदर र बँदेलले मकै सखाप बनाउने गरेका छन् ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो