लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा आगलागी : करोडौंको क्षति

बिहिबार, बैशाख १२, २०८१ मा प्रकाशित

लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा आगलागी : करोडौंको क्षति

Advertisement

 गुल्मी – गर्मीयाम सुरु भएलगत्तै लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा आगलागीका घटना बढिरहेका छन् ।  केही जिल्लामा भएको आगलागीले करोडौंको क्षति पुर्याएको छ । प्रदेशका  गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, स्याङ्जा , प्युठान , रोल्पा लगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको प्रहरीले जनाएको छ । यी जिल्लामा आगलागी हुँदा सयौं घरगोठ जालेका छन् भने सयौं पशुचौपायले ज्यान गुमाएका छन् ।

गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । आगो निभाउने क्रममा घाइते भएकाहरुको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।

जंगलमा लागेको डढेलो अनियंत्रित भइ बस्तीमा पसेपछि घरगोठ र पशु जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै , गुल्मीको छत्रकोट गाउँपालिका १ हुगाँमा लागेको आगोबाट १ गोठ जलेर नष्ट भएको छ भने केहि पशुचौपाया मरेका छन ।

यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका छन् । आगोले गाउँनै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले जानकारी दिए । स्थानीय भुसालका अनुसार आगोले केही घरगोठ र पशु जलेको उनले बताए ।

त्यस्तै गर्मियाम सुरु भएलगत्तै पाल्पाको विभिन्न स्थानमा आगलागी भएको छ । आगलागीबाट केही घर र गोठ जलेका छन भने केही पशु चौपाया समेतले ज्यान गुमाएका छन् ।

आगोले यस्तै स्याङ्जा , प्युठान , रोल्पा लगायतका ठाउँमा पनि आगलागिबाट ठुलो क्षती भएको छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । विभिन्न ठाउँमा लागेको धेरैजसो आगो नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो