पटौटीमा भीषण आगलागी : सिम्लेको बस्ती जोखिममा

बिहिबार, बैशाख १२, २०८१ मा प्रकाशित

पटौटीमा भीषण आगलागी : सिम्लेको बस्ती जोखिममा

Advertisement

अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ४ पटौटीको सिम्ले चौरमा यतिबेला भीषण आगलागी भएको छ ।

वनमा हिजोदेखी लागेको आगो यतिबेला अनियंत्रित भएर बस्ती नजिक पुगिरहेको स्थानीयले बताएका छन् । वनमा लागेको आगो  निभाउने प्रयास जारी रहेपनी हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।

हिजोदेखी लागेको आगो एक्कासि बस्तीतर्फ गएको र सिम्लेका धेरै घरहरू जोखिममा रहेका सुर्य नारायण न्यौपानेले जानकारी दिएका छन् । आगो लागेको ठाउँमा यतिबेला अत्यन्तै ठूलो हावाहुरी चलेको छ ।

आगो निभ्याउन पहल भइरहेको र आगो नियन्त्रणका लागि स्थानीय जुटिरहेको उनको भनाइ छ । हावाहुरीको कारणले आगोले उग्र रुप लिन सक्ने भएकाले आगो नियन्त्रणमा जुट्न सबैलाई स्थानीयले आग्रह गरेका छन् ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो