इस्माका गर्भवती महिला भिडियो एक्सरेका लागि तम्घास जानुपर्ने बाध्यता हट्याे

आइतबार, असार ०२, २०८१ मा प्रकाशित

इस्माका गर्भवती महिला भिडियो एक्सरेका लागि तम्घास जानुपर्ने बाध्यता हट्याे

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका नागरिक अब भिडियो एक्सरे सेवा लिनकाे लागि तम्घास जानुपर्ने बाध्यता हटेको  । गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले  शुक्रबार गाउँपालिकाकाे वडा नम्बर ५ रजस्थलमा भिडियो एक्सरे मेसिन शुभारम्भ गरेका छन् ।

गर्भवती महिलाले बिशेश गरि गर्भाबस्थामा ३ पटक भिडियो एक्सरे गर्नुपर्ने हुन्छ त्यसका लागि महिलाहरु तम्घास जानुपर्ने बाध्यता थियो । गर्भवती महिला केही सामान्य परिवारका जसले बिहान साझा के खाने भन्ने अवस्थाका छन् उनिहरु तीन तीन पटक तम्घास कसरी जान सक्छन् र ? उनिहरुकै सहजताका लागि निशुल्क रुपमा गाउँपालिका बाट नै सेवा दिने हेतुले गाउँपालिकाकाे वडा नम्बर ५ रजस्थलमा भिडियो एक्सरे मेसिन राखिएको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए ।

उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले पैसा भएको मान्छेले ठाउँमा गएर उपचार गर्छ पैसा नहुने तम्घास जान सम्म गाराे छ त्यसका लागि गाउँपालिका साथमा छ ।निशुल्क सेवा लिन र स्वास्थ्य सम्बन्धि समस्याका लागि स्वास्थ्य चाैकि र स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी संग  आफ्ना समस्या खुलेर राख्ने बानि सम्म बसाल्न उनले महिलालाई अनुरोध गरिन् । साथै गाउँपालिकाले यहाँका महिलाका लागि वडाका हरेक स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा सेनेटरी प्याड बितरण गरेकोे र सेवा लिन आग्रह गरिन् ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो