मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरीको नियन्त्रण

बुधबार, भदौ १८, २०८१ मा प्रकाशित

मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरीको नियन्त्रण

 सिरहा।सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ।मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न।

घटनाको जानकारी पाएपछि मलेशिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको असामयिक निधनले गाउँ र परिवारमा ठूलो क्षति पुर्‍याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन्।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो