देवदह । देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त भएका छन् । जेसिज वर्ष २०२५ का अध्यक्ष रजनी थापाले गुरुङलाई बोर्ड अफ डाइरेक्टरको प्रमुख सल्लाहकार नियुक्त गरेकी हुन् । गुरुङले जेसिज वर्ष २०१८ मा राष्ट्रिय उपाध्यक्ष तथा २०२० मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रहेर कार्यसम्पादन गरिसकेका छन् । नेपाल जेसीज वर्ष-२०२५ को जेसीज अभियानलाई सफल बनाउन, समय सापेक्ष उत्कृष्ट एवं उपलब्धिमुलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई सार्थक परिणाम दिनको लागि गुरुङलाई प्रमुख सल्लाहकारमा नियुक्त गरिएको जेसिजले जनाएको छ ।
देवदहका विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त
बिहिबार, माघ २३, २०८१
मा प्रकाशित







