कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

शुक्रबार, माघ २४, २०८१ मा प्रकाशित

कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

काठमाडौँ । कैलालीको गोदावरीको एक घरमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् ।

‘अन्दाजी २३,२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ सात बजेको समयमा मृत फेला परेका हुन् । चारकोठे टिनको छानो भएको घरमा उनीहरू भेटिएका हुन्’डीएसपी बोहराको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो