रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

शनिबार, फागुन ०५, २०७९ मा प्रकाशित

रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाले चिदिचौर खेलमैदानमा विभिन्न खेलकुद विधामा प्रतियोगिता संचालन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा आयोजित रेसुङ्गा नगरपालिका स्थानीय तह अन्तरगत विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन गरिएको छ । रेसुङ्गा नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम अनुसार कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले रेसुङ्गा नगरपालिकाले स्थानीय तह हुँदै प्रदेश र संघको खेलमा विजय हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको थियो । शौक्षिक क्रियाकलाप संगै विद्यार्थीहरुलाई भौतिक रुपमा पनि सफल बनाउने माध्यम खेलकुद भएको जिल्ला समन्वय समिति प्रमुख खत्रीले बताउनुभयो ।
कार्यक्रमका विशेष अथिति प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले खेलकुदले एक आपसमा चिनाउने माध्यम बताउनुभयो । साथै प्रमुख जिल्ला अधिकारी पाठकले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष एवंम रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा नगरपालिका भित्रका प्रतिभाहरुलाई नगरपालिकाको मात्र नभई सिङ्गो देशमा रेसुङ्गा नगरपालिकाको खेलाडी भएर परिचय दिन नगरपालिका लागि परेको बताउनुभयो । सबैको निम्ती खेलकुद आवश्यकता रहेको भन्दै खेलकुदले अनुशासनमा बस्न सिकाउने, स्वास्थ्थ रहन सहयोग गर्ने, स्वास्थ प्रतिस्पर्धामा मर्यादित हुन सिकाउने हुँदा खेल आफैमा महत्वपूर्ण रहेको नगरप्रमुख पन्थीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाको वडा नम्बर १ देखी १४ वटै वडाबाट विभिन्न विद्यालयबाट विद्यार्थी उपस्थित रहेका छन् । जसमा १५ विद्यालयको सहभागिता रहेको छ । विभिन्न विधामा २७ वटा खेल खेलाइने आयोजकले बताएको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो