गुल्मीमा, आगोमा जलेर एक जना वृद्वाको मृत्यु

आइतबार, फागुन ०६, २०७९ मा प्रकाशित

गुल्मीमा, आगोमा जलेर एक जना वृद्वाको मृत्यु

गुल्मीमा आगोमा जलेर एक जना वृद्वाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्दी बस्ने ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए ।

घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार बिहान आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो ।
आगोमा जलेर सख्त घाइते भएकी खत्रीको गुल्मी अस्पताल तम्घासमा उपचार गरेपछि थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो