रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित

सोमबार, चैत ०५, २०७९ मा प्रकाशित

रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित

गुल्मी । गुल्मी जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र क्रान्तिकारीकाे गठबन्धनविरुद्ध नेविसंघको प्यानल नै विजयी भएको छ ।

सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन्  ।
सोमबार राति सम्पन्न मतगणनाको परिणम अनुसार घिमिरेले ३९५ मत ल्याएर विजयी भएको रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले बताए ।

सभापतिका प्रतिस्पर्धी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत ल्याएर पराजित भएका छन् ।

सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनले ३८५ मत ल्याएर निर्वाचित भइन् ।

खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।
क्याम्पसमा रहेका ७६१ जना विद्यार्थीमध्ये ६७१ जनाले मतदान गरेका थिए । रेसुङ्गा क्याम्पसमा ८८ प्रतिशत मतदान भएको थियो ।

क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु -क्रान्तिकारी) बीच तालमेल भएको थियो । नेविसंघ एक्लै चुनावी प्रतिस्पर्धामा गरेको थियो ।

०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापतिसहित जितेको थियो । तर, यसपटक गठबन्धन गर्दा पनि अनेरास्ववियु पराजित भएको हो ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो