मुटु सम्बन्धि स्वास्थ्य शिविरको तयारी पुरा ,दुई हजारलाई सेवा दिने गाउँपालिकाको लक्ष्य !

आइतबार, चैत ११, २०७९ मा प्रकाशित

मुटु सम्बन्धि स्वास्थ्य शिविरको तयारी पुरा ,दुई हजारलाई सेवा दिने गाउँपालिकाको लक्ष्य !

मालिका गाउँपालिकाले आयोजना गरेको मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पूरा भएको छ । चैत ११ गते अर्थात शनिबार वडा नम्बर आठ स्थित मालिका माविमा सञ्चालन हुने शिविरको सम्पुर्ण तयारी पूरा भएको स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

गाउँपालिकाको आयोजना ,नेपाल हृदय रोग प्रतिस्ठान जिल्ला शाखा गुल्मीको सहकार्य र गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा डाक्टर समीर गौतमको नेतृत्वमा ६२ जना स्वास्थ्यकर्मीको समुहले सेवा प्रवाह गर्नेछ । मालिका गाउँपालिका र छिमेकी स्थानीय तहका नागरिक सहित दुई हजार भन्दा धेरैलाई स्वास्थ्य सेवा प्रवाह गर्ने गरि आवश्यक तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
नागरिकको माग र अहिले अबस्थालाई मध्यनजर गरि मुटु सम्बन्धि शिविरको आयोजना गरिएको अध्यक्ष देवीराम अर्यालले बताए । साथै यसभन्दा अघि पनि आखा सम्बन्धि शिविर सञ्चालन गरिएको अध्यक्ष अर्यालले उल्लेख गरे ।

शिविरमा मुटुको इ.सि.जि,इ.को ,पि .एफ.टि रगत परिक्षण गर्नुका साथै आवश्यक औषधि नि: शुल्क वितरण गरिने छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो