गुल्मीमा एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु

शुक्रबार, चैत २३, २०७९ मा प्रकाशित

गुल्मीमा एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु

गुल्मीमा गएराति आगलागीमा परेर एक वृद्धले ज्यान गुमाएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर– ६ देउराली निवासी ८३ वार्षिय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गएराति करिब १० बजे एक्कासी जिसीको घरमा अगलागी भएको र आगलागीबाट ढुंगा–माटोले बनेको घर जलेर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

मृतक जिसी घरमा एक्लै बस्दै आएका थिए । उनका दुई छोरा रोजगारीका लागि देशबाहिर छन् ।

मृतकको शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । आगलागी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगो नियन्त्रणका लागि प्रहरी निरीक्षकसहितको १४ जनाको टोली घटनास्थल पुगेको थियो ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो