गुल्मीमा आगलागीमा परेर ७५ वर्षीय वृद्धको मृत्यु

शनिबार, बैशाख ०१, २०८० मा प्रकाशित

गुल्मीमा आगलागीमा परेर ७५ वर्षीय वृद्धको मृत्यु

वैशाख, २ गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ ।

सत्यवती गाउापालिका-४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए ।

घटनास्थलमा इलाका प्रहरी रिडीबाट प्रहरी निरीक्षक यमलाल बञ्जाडे र प्रहरी चौकी जोहाङ्गबाट प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाटसहितको टोली पुगेको थियो ।
प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको छ ।घटना बारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ । खरबारीमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएको छ ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो