गुल्मीको छल्दी खोलामा डुबेर एक जनाको मृत्यु

मङ्गलबार, बैशाख ०४, २०८० मा प्रकाशित

गुल्मीको छल्दी खोलामा डुबेर एक जनाको मृत्यु

आज दिउँसो गुल्मीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
छल्दिखोलाको माझघाटको रहमा पौडी खेल्ने क्रममा जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोटदहका ३७ बर्षिय भिम बहादुर कुवरको मृत्यु भएको हो ।
।सामाचौर देखि भाडगाउ जोड्ने पुल नजिकैको खोलामा नुहाउन जानू अघि कुवर सहित ३ / ४ जनाको टोलि भाडगाउँ तर्फको सडकको काम हेर्न पेटि ठेकेदार भएकोले हेर्न आएका थिए ।
त्यस पछि स्थानिय होटलमा खान खाइ नुहान भनी खोला तर्फ लागेका थिए । नुहाउने क्रममा कुवर भुमरिमा डुबे पछि सङ्गै गएका साथिहरु पनि पौडी खेल्न नजान्ने भएकोले स्थानीयला गुहार मागेर उद्दारको कोसिस गरेको र साढे २ बजेको समयमा मृत निकालेको आफुहरुलाइ ३ बजेतिर जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन कुमार प्रधानले बताए । अहिले साझ सम्म पनि घटना स्थलबाट शव उठाइएको छैन ।
घटनास्थलमा प्रहरी निरिक्षक रबिन्द्र श्रेस्ठ सहितको टोलि छ ।
अहिले भर्खर मदाने गाउँ पालिका उपाध्यक्ष सरिता खड्का सहितको आफन्तजन घटनास्थलमा आइ पुगेका छ्न । अब भने शव उठाएर पोस्टमार्टमका लागि तम्घास लगिने प्रक्रिया सुरु हुने परहरीले जनाएको छ

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो