गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,एक जना घाइते !

बिहिबार, बैशाख १३, २०८० मा प्रकाशित

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,एक जना घाइते !

गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सह -चालक बाग्लुङको बडिगाड गाउँपालिका ९ बल्गास बस्ने १८ वर्षीय किशोर किसीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

त्यस्तै सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन केसीको अवस्था मध्यम रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

गए राती ११:४० बजेको समयमा जिपको एक्कासि ब्रेक फेल भएर सडक भन्दा करिब १५० मिटर तल खसेको स्थानीयले बताए ।

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो