पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे अधिवेशन सम्पन्न

आइतबार, जेठ २७, २०८० मा प्रकाशित

पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे  अधिवेशन सम्पन्न

पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे अधिवेशन सम्पन्न भएको छ ।पहिलो पाइला नेपाल निवर्तमान अध्यक्ष रूविन पाण्डेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा पहिलो पाईला नेपाल केन्द्रीय निर्वाचन अधिकृत विनोद महत ,निर्वाचन समिति सदस्य सन्तोष खरेल ,शालिक भुसाल अतिथि रहनुभएकाे थियाे ।

उक्त अधिवेशन बाट पहिलो पाइला नेपाल तिलाेत्तमा शाखा काे लागि सन्देश प्राेख्रेल काे अध्यक्षतामा १०सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे छ ।

पहिलो पाइला नेपाल तिलाेत्तमा शाखा निवर्तमान अध्यक्ष रूविन पाण्डेले पुरानो कार्यसमितिलाई भङ्ग गर्दै नयाँ समिति गठन एवम पुरानाे कार्यसमितिलाई धन्यवाद र नयाँ समितिलाई शुभकामना व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा पहिलो पाइला नेपालका संस्थापक अध्यक्ष सन्ताेष खरेल,बुटवल शाखा अध्यक्ष विनाेद बस्याल ,निर्वाचन अधिकृत विनोद महतले मन्तव्य राख्दै नयाँ कार्यसमिति लाई बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका थिए।

पहिलो पाईला नेपाल संस्थापक अध्यक्ष रूविन पाण्डेकाे अध्यक्षता ,केन्द्रीय सदस्य विजय भण्डारीकाे स्वागत मन्तव्य र तिलाेत्तमा शाखा निवर्तमान सचिव तथा वर्तमान अध्यक्ष सन्देश पाेख्रेलकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो