प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको जिप भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी चालक दाङ लमहीको भन्ने बुझिएको छ । थप बिबरण आउन बाँकी छ ।







