सिद्धबाबामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते

सोमबार, साउन २१, २०८० मा प्रकाशित

सिद्धबाबामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते

बुटवल, २२ साउन ।

गुडिरहेको जिपमाथि ढुंगा खस्दा सिद्धबाबा सडकखण्डमा तीनजना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा गुडिरहेको जिपमाथि सडमाथिबाट ढुङ्गा खसेको थियो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको हो । त्यसक्रममा तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमा सडक माथिबाट एक्कासी ढुङ्गा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । विहान करिब साढे ६ बजे घटना भएको हो । सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो