धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु, उद्धार कार्य जारी

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु, उद्धार कार्य जारी

धादिङ । धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको बताए ।

उनले भने, ‘८ जनाको शव फेला परेको छ । ८ जना घाइतेको उद्धार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको छ । अन्यको खोजी कार्य जारी रहेको छ ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो