धादिङ बस दुर्घटना : ज्यान गुमाएका ८ मध्ये ४ जनाकाे परिचय खुल्याे

बुधबार, भदौ ०५, २०८० मा प्रकाशित

धादिङ बस दुर्घटना : ज्यान गुमाएका ८ मध्ये ४ जनाकाे परिचय खुल्याे

धादिङ – काठमाण्डौबाट पोखराका लागि छुटेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै त्रिशूली नदीमा खसेर भएको दुर्घटनामा ज्यान गुमाउने आठमध्ये चार जनाको परिचय खुलेको छ ।

दुर्घटनामा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको ज्यान गएको हो ।

दुई जना महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै ज्यान गएको थियो । मृतक एक जना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १६ जना घाइते भएकामा १३ जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याएको र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

काठमाण्डौबाट छुट्दा बसमा २३ जना रहेको विवरण भए पनि दुर्घटना हुँदा कति जना थिए भन्ने खुलेको छैन ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो