गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक विदा

आइतबार, भदौ ०९, २०८० मा प्रकाशित

गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक विदा

भदौ १० गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।भदौ ७ गते बसेको अध्यक्ष स्तरीय  बैठकले , भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा पुर्णिामाको अर्को दिन गाईजात्रा मनाउने प्रचलन रहेको छ ।कला संस्कृति तथा चाडपर्वको संरक्षण एवम्  प्रबर्द्धन गर्ने उद्देश्यले बिदा दिईएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली बताए ।

सार्वजनिक बिदाको दिन गाउँपालिकाको कार्यालय अन्तर्गतका सम्पुर्ण कार्यालय, स्वास्थ्य तथा शिक्षण संस्था,बैंक तथा वित्तीय संस्था बन्द रहने छन ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो