रेसुङ्गामा रोपाईजात्राको बिदा

बिहिबार, भदौ २१, २०८० मा प्रकाशित

रेसुङ्गामा रोपाईजात्राको बिदा

गुल्मी,२१ भदौ ।  रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रालगायतका कार्यक्रमहरु गर्ने गर्दछन् । यहाँ वषौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहेको छ ।

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

रोपाइँ जात्रा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो